Hotel Management Course in Australia

अष्ट्रेलियामा ‘होटल म्यानेजमेन्ट एण्ड टुरिजम’ कोर्स : आवश्यक योग्यता, लाग्ने शुल्क र अवसर

अष्ट्रेलियामा अध्ययनका लागि आउने विद्यार्थीहरुको छनोटमा अहिले होटल व्यवस्थापन र पर्यटन विषय अग्रपंतिमा पर्न थालेको छ ।

अष्ट्रेलिया आफैमा पर्यटनको राम्रो सम्भावना भएको सुन्दर देश हो । अष्ट्रेलिया पर्यटन गन्तव्यको सुचिमा संसारमै पाँचौ नम्बरमा पर्दछ । त्यसैले यो सुन्दर ठाउँ होटल व्यवस्थापन र पर्यटन विषय पढाइ र अवसरको लागि पनि उत्तिकै राम्रो मानिन्छ ।

अष्ट्रेलियामा होटल म्यानेजमेन्ट एण्ड टुरिजम बिषयको लागि राम्रो पढाइ हुने कलेज तथा विश्वविद्यालयहरु धेरै छन् । ती कलेज वा विश्वविद्यालयमा भर्नाको लागि विद्यार्थीले पछिल्लो स्तरको परीक्षामा राम्रो अंक ल्याएको हुनुपर्छ । आइएलटिएस गरेको भए अन्डरग्राजुएट कोर्सको लागि न्यूनतम ६ अंक प्राप्त भएको हुनुपर्नेछ । पोस्टग्राजुएट कोर्सको लागि भने न्यूनतम ६.५ प्राप्त भएको हुनुपर्छ ।

त्यस्तै यदि टोफल गरेको भए अन्डरग्राजुएट कोर्सको लागि लिखितमा न्युनतम २२ सहित ९० प्राप्ताङ्क भएको हुनुपर्छ भने पोस्टग्राजुएट कोर्सको लागि लिखितमा न्युनतम २० सहित ८० प्राप्ताङ्क भएको हुनुपर्छ । यस विषय अध्ययनको लागि डिप्लोमा कोर्स १ वर्ष देखि १८ महिनासम्मको हुन्छ ।

अन्डरग्राजुएट कोर्स ३ वर्षको र पोस्टग्राजुएट कोर्स २ वर्षको हुन्छ । पढाई फी, औसतमा अन्डरग्राजुएट कोर्सको लागि १६,००० डलर देखि १८,००० डलर वार्षिक र पोस्टग्राजुएट कोर्सको लागि २५,००० डलर देखि ३०,००० डलर वार्षिक लाग्छ । फी कलेज र विश्वविद्यालय अनुसार फरक फरक हुनसक्छ ।

पर्यटन व्यवसाय अष्ट्रेलियामा फस्टाउँदो छ । यसैले गर्दा पढाइ सकिएपछि करियरको राम्रो सम्भावना छ । होटलको विभिन्न क्षेत्र, अन्य पर्यटन व्यसाय, पानीजहाज आदिमा होटल म्यानेजमेन्ट र टुरिजम विद्यार्थीको माग बढिरहेको छ । अष्ट्रेलियामा बढ्दै गईरहेको पर्यटन सम्भावनाहरुले गर्दा यस विषयका विद्यार्थीहरुको लागि राम्रो करियरको अवसर छ ।

नेपालमा पनि पछिल्लो समय होटल म्यानेजमेन्ट र पर्यटन क्षेत्रमा निकै विकास भएको छ । त्यसैले अष्ट्रेलियाबाट होटल म्यानेजमेन्ट र पर्यटन विषयमा लिएको डिग्री नेपालका लागि अझ आकर्षणको विषय बनेको पाइन्छ ।

Are you Planing to Study in Australia ? If yes, then call us at 4440660, 4440661 or visit in our office to get crystal clear information from our Expert.

*** In Industry since 13 Years ***

#StudyinAustralia

Placements International Education & Migration Services
Kamaladi, Kathmandu, Nepal
 Tel.: 4440660, 4440661
???? Email: info@placementsedu.com
???? Web: www.placementsedu.com

Visit our Youtube Channel for more Success Stories and don’t forget to Subscribe our Youtube Channel:
https://www.youtube.com/channel/UCq1BXsb673AuXt84hOs7YOQ

Visit our Facebook page:
https://www.facebook.com/PlacementsInternational

Like Us On FB